Logo

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर



काठमाडौं, ३ श्रावण । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ १३ र बिक्रीदर १६० रुपैयाँ ८३ पैसा छ। हिजो युरो एकको खरिददर १५९ रुपैयाँ १२ र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ०५ र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ०५ र बिक्रीदर १८४ रुपैयाँ ८६ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १३ पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५० रुपैयाँ १५ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १२ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ४८ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६६ रुपैयाँ ३९ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६६ रुपैयाँ १० पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्