
काठमाडौँ, १८ भदौ । शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश-१, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली प्रदेश १, बागमती, र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यस्तै राति गण्डकी प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।






