Logo

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर



काठमाण्डौ, ९ फागुन । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा, युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ।

यस्तै यूके पाउन्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ २३ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क १ को खरिददर १५३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९८ पैसा तय गरिएको छ।

अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा, सिंगापुर डलर १ को खरिददर १०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर ०९ रुपैयाँ २२ पैसा र बिक्रीदर ०९ रुपैयाँ २६ पैसा, चिनियाँ युआन १ को खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०५ पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ १२ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार थाई भाट १ को खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, यूएई दिराम १ को खरिददर ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्री दर ३१ रुपैयाँ ३७ पैसा तोकिएको छ।

त्यस्तै साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ०९ रुपैयाँ ६६ पैसा, स्विडिस क्रोनर १ को खरिददर १२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३ रुपैयाँ र डेनिस क्रोनर १ को खरिददर १९ रुपैयाँ ३७ पैसा र बिक्री दर १९ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ।

राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७ रुपैयाँ ८७ पैसा, कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ २० पैसा र बिक्रीदर ४५० रुपैयाँ १५ पैसा, बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७३ पैसा र ओमनी रियाल १ को खरिददर ३५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६० रुपैयाँ ९४ पैसा तोकेको छ।

यस्तै भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

तर यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर राष्ट्र बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

हेर्नुहोस् विनिमय दरको सूची :

प्रतिक्रिया दिनुहोस्