काठमाडौं, ९ जेठ । नेपाल राष्ट्र बैंकले आज (जेठ ९ गते शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
जसअनुसार अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ।
अमेरिकी डलरको विनिमय दर लगातार दोस्रो दिन बढेको हो।
बिहीबार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा थियो भने मंगलबार खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा थियो।
युरोपियन युरो १ को खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, यूके पाउन्ड स्ट्रलिङ १ को खरिददर १८४ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०५ पैसा, स्वीस फ्रयाङ्क १ को खरिददर १६६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर १ को खरिददर १०६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन १ को खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट १ को खरिददर चार रुपैयाँ १८ पैसा र बिक्रीदर चार रुपैयाँ २० पैसा, यूएई दिराम १ को खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४ रुपैयाँ ३७ पैसा र डेनिस क्रोनर १ को खरिददर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९१ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार १ को खरिददर ४४७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ४१ पैसा, बहराइन दिनार १ को खरिददर ३६४ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७८ पैसा, ओमनी रियाल १ को खरिददर ३५६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५८ रुपैयाँ २३ पैसा छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर: