काठमाडौँ, २७ साउन । मनसुनी प्रणाली सक्रिय नभएकाले आज हल्का मात्रै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् वरुण पौडेलका अनुसार आज गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
त्यसैगरी अन्य प्रदेशमा खासै पानी पर्ने सम्भावना छैन ।






