Logo

यस्तो छ, सहकारी छानबिन समितिमा रविले दिएको बयान (पूर्णपाठ)

ससुराको कम्पनीमा पनि रकम पठाएको खुलासा



काठमाडौं, ४ असोज । सहकारी छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान पनि रहेको छ । लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता रहेको बयानमा बताउनु भएको छ ।

उहाँले सहकारी ठगी गरेर गोर्खा मिडियामा रकम ल्याइएको बारे आफूलाई थाहा नभएको बताउनु भएको हो ।

रवि लामिछानेको ससुराको कम्पनीमा पनि गोरखा मिडियाबाट रकम गएको खुलासा

गोरखा मिडिया नेटवर्कबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ससुरा उद्वव पौडेलको कम्पनीमा रकम पठाएको खुलासा भएको छ ।

सहकारी छानबिन प्रतिवेदनमा गोर्खा मिडियाबाट पौडेलको गोपीकृष्ण मुभिजमा ८१ लाख २५ हजार रुपैयाँ पेस्की गएको उल्लेख छ । त्यो समयमा रवि लामिछाने गोरखा मडियाका प्रबन्ध निर्देशक हुनुहुन्थ्यो ।

‘गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७७/७८ मा गोपीकृष्ण मुभिज प्रालिलाई २५,००,००० पेस्की दिएको र आर्थिक वर्ष २०७८/७९ मा थप ६६,२५,००० गरी ८१,२५,००० पेस्की फर्छ्यौट हुन बाँकी देखिन्छ‚’ प्रतिवेदनमा लेखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्