काठमाडौं, १ पुस । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको मूल्य हिजोकै यथावत रहँदा अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घटेको छ। त्यसैगरी युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य भने बढेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा छ।
अमेरिकी डलर हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८० पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ५९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ०४ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ १४ र बिक्रीदर ८६ रुपैयाँ ५२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ३५ र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ७० पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६५ पैसा थियो।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ०७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ६६पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ४७ पैसा थियो।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची