Logo

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर



काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, बहराइन दिनरसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती दिनारसहित कतिपय मुद्राको मूल्य घटेको छ।

आज युरो लगायत केही मुद्राको मूल्य भने बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ १४ र बिक्रीदर १६० रुपैयाँ ८८४ पैसा छ। हिलो युरो एकको खरिददर १६० रुपैयाँ १२ र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ९४ र बिक्रीदर १८५ रुपैयाँ ७५पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ २० र बिक्रीदर १८६ रुपैयाँ ०१ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १४ पैसा र बिक्रीदर ९० रुपैयाँ ५३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २१ पैसा र बिक्रीदर ९० रुपैयाँ ६० पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ १२ पैसा र बिक्रीदर ४५० रुपैयाँ ०८ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ २४ पैसा र बिक्रीदर ४५० रुपैयाँ २० पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९७ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्