काठमाडौं, २६ साउन । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलरको मूल्य स्थिर छ। अस्ट्रेलियन डलर, पाउन्ड दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने बढेको छ। तर, युरोसहित केही मुद्राको मूल्य भने घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो।
यही साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै उच्च हो।
त्यसैगरि आज युरो एकको खरिददर १६२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा छ। हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा थियो।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९२ पैसा थियो।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा थियो।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ २१ पैसा र बिक्रीदर ४६० रुपैयाँ १७ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४६० रुपैयाँ ०१ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८४ पैसा छ। बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८३ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर







