Logo

यस वर्ष दसैंको टीका लगाउने साइत कति बजे ?



काठमाडौं, ४ असोज । यस वर्षको बडादसैंको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै दसैंमा टीका ग्रहण गर्ने साइतबारे जानकारी गराएको हो ।

समितिका अनुसार बडादसैंका दिन टीका लगाउने साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेट रहेको छ ।

यस दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ । सो दिन टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने छ ।

असोज १८ गते झण्डा फेर्ने साइत रहेको समितिले जारी गरेको सुचनामा उल्लेख छ । यस दिन बिहान ९ बजेर १४ मिनेटमा पश्चिम फर्किएर झण्डा फेर्नुपर्ने समितिले जनाएको छ ।

असोज २२ गते पचलीभैरव यात्रा र २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको छ । स्थिरासन बिहान ८ बजेर ४३ मिनेटमा छ ।

असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्