Logo

यस वर्ष विदेशी लगानीलाई स्थिर राख्ने चीनको कार्ययोजना सार्वजनिक



काठमाडौं, ८ फागुन ।  चीनले यस वर्ष सन् २०२५ मा विदेशी लगानीलाई स्थिर गर्ने गरी कार्ययोजना सार्वजनिक गरेको छ । कार्ययोजनालाई राज्य परिषद्को भर्खरै सम्पन्न कार्यकारी बैठकले अनुमोदनसमेत गरेको छ ।

वाणिज्य मन्त्रालय र राष्ट्रिय विकास तथा सुधार आयोगले बनाएको कार्ययोजनामा यस वर्ष स्थिर विदेशी लगानी सुनिश्चित गर्न लगानीमा उच्चस्तरको खुलापनलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण पक्ष रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

योजना अनुसार चीनले मूल्य अभिवृद्धि दूरसञ्चार, बायोटेक्नोलोजी र पूर्ण विदेशी स्वामित्वको अस्पताल जस्ता क्षेत्रहरूसँग सम्बन्धित खुला नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने क्षेत्रहरूलाई समर्थन गर्नेछ ।

यसले नयाँ गुणस्तरीय उत्पादक शक्तिलाई बढाउन र चिनियाँ आधुनिकीकरणलाई सँगसँगै अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्