काठमाडौं, २० जेठ । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । यससँगै अब गाडी चल्ने व्यवसायीले बताएका छन् ।
गण्डकी प्रदेशको निर्णय प्राप्त भएकाले अहिले बेलुकैबाट गाडी चलाउने गरी आन्दोलन फिर्ता लिएको यातायात व्यवसायी महासंघले जनाएको छ ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।
मंगलबार साँझ गण्डकी सरकारले उक्त नियमावली एक महिनाका लागि स्थगित गरेपछि भने यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन् ।
यससँगै भोलिदेखि निर्वाधरुपमा सवारी सञ्चालन हुनेछन् ।