Logo

यी हुन् राप्रपाका सात समानुपातिक सांसद



काठमाडौँ, २५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकका सात सांसदहरूको नाम टुङ्ग्याएको छ ।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई पुरुष र पाँच महिला समेट्दै निर्वाचन आयोगमा नाम पठाएको हो । समानुपातिकमा पशुपतिशमशेर राणा र बुद्धिमान तामाङलाई पुरुषतर्फ राखिएको छ ।

यस्तै महिलातर्फ रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशा नेपाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्