रुस, १५ असोज । रुसले युक्रेनका चार वटा भू-भाग आफूमा गाभिएको घोषणा गरेको छ ।
शुक्रबार आयोजित एक कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डोनेत्स्क, जापोरिजिया र खेहर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गरेको बीबीसीले जनाएको छ ।
पुटिनले चार वटा क्षेत्रमा बसोवास गर्ने मानिसहरूले रुसमा गाभिने चाहना व्यक्त गरेको भन्दै ती क्षेत्र रुसी महासङ्घको नयाँ क्षेत्र भएको दाबी गरेका हुन् । रुसी सेनाले ती क्षेत्रमा केही दिनअघि जनमत सङ्ग्रह गरेको बताएको थियो ।
रुसीले गरेको भनेको जनमत सङ्ग्रहलाई पश्चिमा देशहरूले भने भर्त्सना गर्दै कहिल्यै स्वीकार नगर्ने बताएका छन् । पुटिनले इतिहासमा पुस्तौँदेखि रुसीहरूले यो भू-भागका लागि लडेको दाबी पनि गरेका थिए ।