Logo

युक्रेनका रक्षामन्त्री बर्खास्त



युक्रेन, १८ भदौ । युक्रेनका रक्षामन्त्री बर्खास्त भएका छन् ।

राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई बर्खास्त गरेका हुन् ।

रेज्नीकोभलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको ठाउँमा युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख रुस्तम उमरोभलाई नियुक्त गरिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति जेलेन्स्कीले रुससँग ५ सय ५० दिनभन्दा लामो समयदेखि चलिरहेको युद्धका लागि उमरोभ जस्ता व्यक्तिको नेतृत्व आवश्यक रहेको बताएका छन् । रुसँंगको युद्धमा देशको रक्षा क्षेत्रमा नयाँ नेतृत्व चाहिएकोले रक्षामन्त्री फेरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्