Logo

युक्रेनका राष्ट्रपति र फिनल्यान्डका प्रधानमन्त्रीबीच भेटवार्ता



युक्रेन, १४ जेष्ठ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फिनल्यान्डका प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ ।

युक्रेन भ्रमणमा रहेका फिनल्यान्डका प्रधानमन्त्री मारिनले जेलेन्स्कीसँग राजधानी किएभमा भेटवार्ता गरेकी छन् । उनीहरुबीच युरोपेली देशको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको छ ।

युक्रेनमा रुसले आक्रमण गरेपछि अवस्था निक्कै खराब बन्दै गएको छ । युद्धकै कारण युक्रेनले बाह्य देशको सहयोग खोजी रहेको छ ।

आर्थिक तथा सुरक्षा र मानवीय सहयोग उपलब्ध गराएकोमा युक्रेनका राष्ट्रपतिले फिनल्यान्डका प्रधानमन्त्री मारिनको प्रशंसा गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्