Logo

युक्रेनको एक विद्यालयमा रुसको आक्रमण: कम्तीमा ६० जनाको मृत्यु



युक्रेन, २६ वैशाख । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणबाट पछिल्लो पटक कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

पूर्वी युक्रेनको एक विद्यालयमा रुसले आक्रमण गरेको र आक्रमणमा परेर कम्तीमा ६० जनाको ज्यान गएको उनले बताएका हुन् । रुसले विमानमार्फत बम खसालेको युक्रेनले दाबी गरेको छ । तर, रुसले यो घटनाबारे कुनै पनि प्रतिक्रिया दिएको छैन ।

रुसले सेल्टरको रुपमा प्रयोग गरिएको विद्यालयमा बम खसालेको युक्रेनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बम खसालिएको विद्यालयमा त्यहाँका नागरिक आश्रय लिएर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्