Logo

युक्रेनको मारिउपोल सहर कब्जा गरेको रुसको दाबी



रसिया, ४ वैशाख । युक्रेनको मारिउपोल सहर कब्जा गरेको रुसले दाबी गरेको छ ।

रुसले त्यहाँ लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ ।

आजसम्म हतियार बिसाउने सेनालाई जीवनदान दिने र भोलिदेखि मारिउपोल सहरमा नाकाबन्दी लगाउने रुसले जनाएको छ ।

आत्मसमर्पण गर्नेलाई युद्ध बन्दीलाई गरिने व्यवहार हुने रुसी रक्षा मन्त्रालयले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिउपोलमा अवस्था नाजुक बनेको भन्दै यसअघि नै थप हतियार उपलब्ध गराउन सहयोगी देशसँग अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्