युक्रेन, ५ वैशाख । युक्रेनको पश्चिमी सहर ल्भिभमा सोमवार पाँच वटा शक्तिशाली मिसाइल आक्रमण भएको छ ।
उक्त मिसाइल आक्रमणमा परी सात जनाको ज्यान गएको र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाएको छ ।
ल्भिभका मेयर एन्ड्री साडोवीका अनुसार रुसी सेनाले अप्रिल १८ का दिन बिहान ल्भिभमा पाँच वटा मिसाइल प्रहार गरेको थियो । क्षतिको विवरण अझै स्पष्ट भइसकेको छैन ।
घाइतेको सङ्ख्या आठ पुगेको छ भने ज्यान गुमाउनेको सङ्ख्या बढ्ने क्रममा छ । ल्भिभ क्षेत्रका बासिन्दाहरूलाई आश्रयस्थलमा बस्न भनिएको छ । त्यहाँ हवाई हमलाको चेतावनी अझै जारी छ ।