काठमाडौँ, २८ फागुन । युद्धग्रस्त क्षेत्र युक्रेनबाट चार जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरू भारत हुँदै शनिवार दिउँसो नेपाल आइपुगेको सरकारले जनाएको छ ।
उनीहरू भारतको सहयोगमा उद्धार गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भारतले ‘अपरेशन गंगा’ नाम दिएर युक्रेनमा रहेका नागरिकको उद्धार गरिरहेको छ । सोही क्रममा नेपाली नागरिकको पनि उद्धार गरिएको छ ।
नेपाली नागरिक उद्धार गरिदिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।