Logo

युक्रेनमा आक्रमणपछि झण्डै एक तिहाइ रोजगारी गुम्यो: संयुक्त राष्ट्र संघ



युक्रेन, २८ वैंशाख । युक्रेनमा तीस प्रतिशत रोजगारी (जम्मा ४८ लाख) रुसी आक्रमणबाट गुमेको, संयुक्त राष्ट्र संघले बुधबार बताएको छ ।

संयुक्त राष्ट्रसंघले थप चेतावनी दिदै भनेको छ- यदि युद्ध लम्बियो भने झनै नराम्रो परिस्थिति हुनेछ ।

‘आर्थिक अवरोधहरू, भारी आन्तरिक विस्थापन र शरणार्थीहरूको प्रवाहको साथमा, रोजगारी र आम्दानीको सन्दर्भमा ठूलो मात्रामा नोक्सान भइरहेको,’ संयुक्त राष्ट्रको अन्तरराष्ट्रिय श्रम संगठनले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्