Logo

युक्रेनमा आक्रमण जारी राख्न रक्षामन्त्रीलाई राष्ट्रपति पुटिनको आदेश



रुस, २१ असार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण जारी राख्न रक्षामन्त्री सर्गेई शोइगुलाई आदेश दिएका छन् ।

रुसले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेलगत्तै पुटिनले आक्रमणलाई निरन्तरता दिन आदेश दिएका हुन् । तर युक्रेनले रुसी सैनिकलाई पश्चिमतर्फ थप अघि बढ्न नदिनका लागि आफ्नो फौजलाई सुदृढ पारिरहेको दाबी गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले लिसेचान्स्कलाई फिर्ता लिने वाचा गरेको बीबीसीले जनाएको छ । साथै, उनले आफ्नो गुमेको भू-भाग जसरी पनि फिर्ता लिने दाबी गरेका छन् । रुसले अहिले छिमेकी डोनेट्स्क क्षेत्रका सहरमा आक्रमण तीव्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्