
युक्रेन, १८ असार । युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित कम्तीमा २० जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
उक्त राज्यको आपत्कालीन सेवा डीएसएनएसका अनुसार लगभग सबै पीडितहरू सेर्हियेभ्का गाउँस्थित क्षेप्यास्त्र प्रहार भएको नौ तले भवनमा रहेका थिए ।
त्यस्तै आक्रमणमा ६ बालबालिकासहित ३८ जना घाइते भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
शुक्रवार क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले सर्वसाधारणहरू लक्षित हमलाहरू नगरेको दाबी दोहोर्याएका छन् ।







