अमेरिका, ७ पुस । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसको संयुक्त सत्रलाई सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा उनले रुससँग आत्मसमर्पण नगर्ने बताएका छन् ।
राष्ट्रपति जेलेन्स्कीले सबै प्रतिकूलताकाबीच युक्रेन जीवित रहेको र पछि नहट्ने प्रतिबद्धता दोहोर्याएका हुन् ।
जेलेन्स्कीले अमेरिकी सरकार र नागरिकलाई सहयोगप्रति धन्यवाद व्यक्त गरेको बीबीसीले जनाएको छ । साथै उनले युक्रेनले आफ्नो स्वतन्त्रताका लागि लडेको युद्धमा पूर्ण विजय हासिल गरेर छाड्ने भन्दै सम्बोधन टुङ्ग्याएका थिए ।







