Logo

युक्रेनसँगको वार्ता अगाडि बढाउन रुसी विदेशमन्त्री सहमत



रसिया, १५ वैशाख । रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमति जनाएका छन् ।

रुसको भ्रमण गरेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि उनले वार्ताका लागि रुस तयार रहेको जानकारी दिएका हुन् ।

भेटवार्तापछि दुवै जनाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा लाभ्रोभले युक्रेनसँगको रुसको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको बताए ।

उनले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटक-पटक वार्ताहरू पनि भएको तर युक्रेनकै कारणले वार्ता सफल हुन नसकेको दावी गरेका छन् । आक्रमण भएको एक हप्ता नबित्दै पहिलो चरणको वार्ता भएको थियो । त्यसपछि पटक पटक वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन । तर पछिल्लो समयमा वार्ता नै रोकिएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको दुई महिना पूरा हुँदासम्म पनि युद्ध अन्त्यको लक्षण नदेखिएपछि राष्ट्रसंघीय महासचिवले रुस भ्रमण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्