Logo

युक्रेनसँग तत्काल वार्ता गर्न रुसी राष्ट्रपति पुटिनलाई फ्रान्स र जर्मनीको दबाव



रुस, १५ जेष्ठ । फ्रान्स र जर्मनीका नेताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सीधा र गम्भीर वार्ता गर्न आग्रह गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र जर्मन चान्स्लर ओलाफ स्कोल्जले पुटिनसँग ८० मिनेट लामो टेलिफोन कुराकानी गर्दै युद्ध अन्त्यका लागि गम्भीर बन्न आग्रह गरेका हुन् ।

म्याक्रोँ र स्कोल्जले युक्रेनमा युद्ध विराम गर्न र रुसी फौज फिर्ता गर्न आह्वान गरेको जर्मन चान्सलरको कार्यालयले जनाएको छ । ८० मिनेट लामो वार्तापछि मस्को किभसँगको छलफलका लागि तयार रहेको क्रेमलिनले जनाएको छ । क्रेमलिनले राष्ट्रपति पुटिन युक्रेनी समकक्षी जेलेन्स्कीसँगै वार्ताका लागि तयार भएको बारे भने स्पष्ट पारेको छैन ।

प्रतिक्रिया दिनुहोस्