युक्रेन, २० वैशाख । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की पुगेका छन् ।
पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनी फिनल्याण्ड भ्रमणमा आएको फिनिस राष्ट्रपति साउली निनिस्टोले बताएका हुन् ।
युक्रेनी राष्ट्रपतिले आफ्ना फिनिस समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को कान्छो सदस्य फिनल्याण्डका राष्ट्रपतिसँग उले जारी युद्ध र प्रतिरक्षा सहयोगबारे छलफल गर्ने अधिकारीहरूले बताएका छन् ।