कीभ, १५ चैत । युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता शुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएको छ ।
स्थानीय समय अनुसार बिहान १०.३० बजे (०७३० GMT) शुरु हुने वार्ता अघि युक्रेनी र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्ने कार्यक्रम तय भएको पनि जनाइएको छ ।