Logo

युगान्डमा हुने ‘वुमन्स डे’ कप खेल्ने नेपाली टोली घोषणा



काठमाडौं, १९ फागुन । युगान्डमा हुने ‘वुमन्स डे’ कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

साना प्रविन र रिया शर्माले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका छन् । बन्द प्रशिक्षणमा रहेका सीमाना केसी, सबनम राई, सोभा रोकाय र मनिषा उपध्यायले टोलीमा स्थान बनाउन सकेनन् ।

मार्च ८ देखि १६ सम्म हुने टी–ट्वान्टी प्रतियोगितामा नेपालसहित युगान्डा, हङकङ र नामिबियाको सहभागिता रहनेछ । एकअर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् ।

नेपालले मार्च ८ मा नामिबियासँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यसैगरी नेपालले मार्च ९ मा युगान्डा र मार्च १० मा हङकङसँग खेल्नेछ । यस्तै मार्च १२ मा नामिबिया, १३ मा युगान्डा र १४ मा हङकङसँग फेरि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्