Logo

युगान्डाको एउटा विद्यालयमा आक्रमण: २५ जनाको ज्यान गयो



युगान्डा, २ असार । युगान्डाको एउटा विद्यालयमा विद्रोही समूहले गरेको आक्रमणमा परि कम्तीमा २५ जनाको ज्यान गएको छ ।

इस्लामिक स्टेट समूहसँग आबद्ध विद्रोहीहरूले मपोन्डेमा रहेको लुबिरिहा माविमा आक्रमण गर्दा कम्तीमा २५ जनाको ज्यान गएको र आठ जना गम्भीर घाइते भएका बीबीसीले जनाएको छ । विद्यालयमा आक्रमण गरेर विरुङ्गा राष्ट्रिय निकुञ्जतर्फ भागेको समूहलाई प्रहरीले पछ्याइरहेका छन् ।

गएराति भएको आक्रमणमा विद्रोही समूहले विद्यालयको छात्राबासमा आगो लगाउनुको साथै आसपासका पसलमा लुटपाट समेत गरेका छन् । अझै थुप्रै विद्यार्थी हराइरहेकाले उनीहरु पनि मारिएका वा अपहरणमा परेका हुन सक्ने युगान्डाको सुरक्षा निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्