युगान्डा, १७ पुस । युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा भागदौड हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन् ।
प्रहरीका अनुसार नयाँ वर्षमा राजधानी कम्पालाको एक शपिङ मलमा आयोजित सङ्गीत कार्यक्रममा सहभागी भएका कैयौँ किशोरी भागदौडमा घाइते भएका थिए ।
यो घटना मध्यरातमा भएको थियो । कार्यक्रमका उद्घोषकले उपस्थित व्यक्तिलाई आतिशबाजी गर्न प्रोत्साहित गरेपछि भागदौड भएको थियो ।
प्रदर्शन सकिएपछि भागदौड भएको पाँच जनाको घटनास्थलमै ज्यान गएको थियो भने अन्य थुप्रै घाइते भएका थिए । अन्य केहीको उपचारका क्रममा ज्यान गएको थियो ।






