काठमाडौँ, ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परितर्वनसँगै समृद्ध नेपाल निर्माणका लागि सवै प्रतिवद्ध हुने समय आएको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित एनईए अवार्ड २०७९ वितरण कार्यक्रममा प्रचण्डले युग सुहाउँदो मोडलमा मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउनुपर्ने र यसका लागि सवै प्रतिवद्ध हुनुपर्ने बताएका हुन् ।
प्रचण्डले देशमा नयाँ राजनीतिक वातावरण अघि बढेको र यो सवैका लागि चासो र चिन्ताको विषय भएको जिकिर गरे । अहिले राजनीतिक स्थायित्व, राष्ट्रिय एकताका साथ मुलुक समृद्धिको बाटोमा अघि बढोस् भन्ने सवैको चाहना रहेको उनको भनाइ छ ।







