Logo

युद्धका कारण देश छाडेका युक्रेनी घर फर्किँदै



युक्रेन, १० वैशाख । रुसको आक्रमणका कारण देश छाडेका युक्रेनी नागरिक फर्किन थालेका छन् । पछिल्ला केही दिनयता रुस-पोल्यान्ड सीमामा स्वदेश फर्कनेहरुको लर्को लागेको बीबीसीले जनाएको छ ।

युद्धका कारण अन्य देशमा गएर घर फर्कने नागरिकहरुको कारण सीमा क्षेत्रमा ठूलो ट्राफिक जाम लागेको खबरमा उल्लेख छ ।

युक्रेनकी सांसद लेसिया भास्यलेन्कोले स्वदेश फर्कनेहरुका कारण पोल्यान्डसँगको नाकामा सयौँ गाडीको लाम लागेको तस्बिर सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गरेकी छन् ।

युद्ध सुरु भएयता अहिलेसम्म ५१ लाख युक्रेनीले देश छाडेका छन् । तर पछिल्लो समय देश फर्कने बढिरहेको र गएको हप्ता दैनिक ३० हजार जनाका दरले नागरिक युक्रेन प्रवेश गरेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

देश फर्किएका नागरिकले यसै हप्ता ठूलो सभा गरेर शान्तिको लागि प्रार्थना गर्ने योजना रहेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्