बेलायत, ११ भदौ । युरोपेली सङ्घले अहिले युरोपमा देखिएको खडेरी पाँच सय वर्षयताकै खराब भएको बताएको छ ।
खडेरीका कारण महादेशका झन्डै दुई तिहाइ क्षेत्रमा कुनै न कुनै प्रकारको चेतावनी जारी गरिएको भन्दै सङ्घले यो खराब अवस्था पाँच वर्षयताको खराब भएको बताएको हो ।
युरोपमा ४७ प्रतिशत भू-भागमा माटोको चिसोपना सुकेको र थप १७ प्रतिशत भू-भागमा खडेरीको प्रभाव पर्न थालेको सङ्घको प्रतिवेदनमा उल्लेख छ । खडेरीका कारण उत्पादनमा असर पर्नुको साथै डढेलो बढाउने चेतावनी दिइएको छ ।
खडेरीका कारण सन् २०२२ मा अघिल्ला पाँच वर्षको औसत उत्पादनको तुलनामा मकैको उत्पादन १६ प्रतिशतले, सोयाबिन १५ प्रतिशतले र सूर्यमुखी तेल १२ प्रतिशतले घट्ने युरोपेली सङ्घले जनाएको छ ।