Logo

युरोपेली च्याम्पियन्स लिगमा शीर्ष स्थानको लिभरपुल पीएसभीसँग पराजित



काठमाण्डौ, १७ माघ ।  युरोपेली च्याम्पियन्स लिग फुटबलमा पीएसभीले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा १४ औं स्थानको पीएसभीले शीर्ष स्थानको लिभरपुललाई ३–२ गोलले हराएको हो ।

गएरातिका अरु खेलमा बार्यन म्युनिखले स्लोभान ब्राटिस्लाभालाई ३–१ ले हराउँदा शाख्तर डोनेत्स्क बोरुसिया डर्टमन्डसँग ३–१ ले पराजित भएको छ ।

यस्तै लेभेरकुसेनले स्पार्टा प्राहालाई २–० ले, आर्सनलले गिरोनालाई २–१ ले हराएका छन् । बार्सिलोना र एटलान्टाले भने २–२ गोलको बराबरी खेलेका छन् ।

यस्तै रियल मड्रिडले ब्रिस्टलाई ३–० ले पराजित गर्दा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई ३–१ ले हराएको छ । योङ्ग ब्वाइज क्रेभेना जेभेज्दासँग १–० ले पराजित भएको छ । लिले ओलम्पिक स्पोर्टिङ क्लबले फिएनोर्डलाई ६ –१ ले हराएको छ ।

यस्तै बेनिफिकाले युभेन्ट्सलाई २–० ले  हराउँदा एस्टन भिलाले सेल्टिकलाई ४–२ गोल अन्तरले पराजित गरेको  छ । यस्तै डिनामो जग्रेबले एसी मिलानलाई २–१ ले, इन्टर मिलानले मोनाकोलाई ३–० ले, एसके स्टुर्म ग्रजले  आरबी लाइपजिङलाई १–० ले हराएका छन् ।

यस्तै एथ्लेटिको मड्रिडले आरबी साल्जबर्गलाई  ४–१ ले पराजित गर्दा स्पोर्टिङ र बोलोग्नाले एक एक गोलको बराबरी खेलेका छन् ।

गएरातिको खेलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले भने भीएफबी स्टुटगर्टलाई ४–१ ले हराएको छ । गएराति एकैचोटि १८ वटा खेल भएका हुन् ।

च्याम्पियन्स लिगमा लिभरपुल २१ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै बार्सिलोना १९ अङ्कसहित दोस्रो र आर्सनल १९ अङ्कसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्