Logo

युरोप-एशियामा बढ्न थाल्यो कोरोना



काठमाडौँ, ५ चैत । कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट फेरि एकपटक घातक बनेको छ। योपटक ओमिक्रोन कैयौँ सबभेरियन्टका साथ देखापरेको छ ।

यसको सबभेरिएन्ट बीए.२ युरोप र दक्षिणपूर्वी एशियामा बढेको छ। विगतमा कोभिड नियन्त्रणमा सफल देखिएको चीनमा यो वर्ष सबैभन्दा खराब अवस्था देखिएको छ।

विज्ञहरूले ओमिक्रोन भेरिएन्ट डेल्टा जत्तिकै घातक नभएको बताउँछन्। यद्यपि यसको फैलिने क्षमता भने तीव्र छ । त्यसैले यो छोटो समयमा धेरै देशमा फैलिएको छ। चीनसहित दक्षिण कोरिया, हङकङ, फ्रान्स, बेलायत र इटालीमा यसको संक्रमण तीव्र गतिमा बढिरहेको छ ।

‘अफिस अफ नेशनल स्ट्याटिस्टिक्स कोभिड-१९ इन्फेक्शन सर्भे’ का अनुसार बेलायतमा कोरोना संक्रमणदर निकै बढेको छ। प्राध्यापक टिम स्पेक्टरले ओमिक्रोनको संक्रमण केही सातादेखि फेरि बढ्न थालेको बताएका छन् । योपटक बिरामीलाई अनौठो लक्षणले सबैभन्दा बढी असर गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्