Logo

युवायुवती मृत फेला



सांकेतिक तस्बिर

बैतडी, ३ भदौ । एक जोडी युवायुवती बैतडीमा मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा जिल्लाको सिगास गाउँपालिका-५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक रहेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा फेला परेका हुन् । मृतक दुवै जना अविवाहित रहेका र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्