काठमाडौँ, ९ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले अहिलेका युवाहरु भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गहरुले समस्याको गुनासो गर्ने नभइकन समाधान गर्न के गर्ने भन्ने कुराको बारेमा सोच्न आवश्यक रहेको बताए ।
उनले युवावर्ग निन्दक नभइकन आलोचक बन्नुपर्ने बताए । उनले युवाहरु थाहा नै नपाइकन निन्दक बन्ने गरेको भन्दै निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुने बताए ।
उनले युवाहरु आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यको बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने बताएका हुन् ।







