Logo

युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन



काठमाडौँ, १५ जेष्ठ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । ​

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा पेश गरेको बजेट बक्तव्यमा मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषदका लागि २ अर्ब ९ करोड छुट्टाइएको मन्त्री शर्माले बताए । उनका अनुसार संघहरूलाई दिइने अनुदान पनि वृद्धि गरिएको छ।

विदेशी क्लबहरूलाई नेपालमा फ्रेन्चाइज लिगहरू गर्ने वातावरण बनाइने उल्लेख छ।

खेलाडी र प्रशिक्षकको क्षमता वृद्धिका लागि कार्यक्रमहरू गरिने भएको छ। महोत्तरी मतिहानी, चितवनको कठार पूवी नवलपरासीको मध्यविन्दुमा अत्याधुनिक रिक्रियसन सेन्टर स्थापना गरिने भएको छ ।

ओलम्पिक र एशियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई आजीवन मासिक जीवनवृत्तिको प्रवन्ध मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्