Logo

युवा दिवसमा लायन्स क्लबको छलफल



विराटनगर, २८ साउन । लायन्स क्लब अफ विराटनगर मेट्रोले विश्व युवा दिवशका अवसरमा आयोजनामा युवा अधिकार तथा दायित्वका विषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

विराटनगरको जेनिथ कलेजमा आयोजित गोष्ठीमा विराटनगर मेट्रोका सचिव निराकार पोखरेलले युवा अधिकारका बारेमा सहजीकरण गरेका थिए भने अशोक शिवाकोटीले युवा बिचमा हुनु पर्ने संचारका बारेमा सहजीकरण गरेका थिए ।

त्यस्तै सस्थापक अध्यक्ष तथा युवाको क्षेत्रमा बिगत २ दशक देखि अनवरत रुपमा कार्य गरि रहेका युवा अभियानता कैलाश खाकी श्रेष्ठले युवाका दायित्वका बारेमा जानकारी गराउदै सहभागिलाइ विभिन्न समुहमा बिभाजित गर्दै कार्यशाला संचालन गरेका थिए ।

कार्यक्रममा सहभागी मध्येका एक जीवन यादबका अनुसार युवा दिवसका अवसरमा युवा नै सहभागी भएर युवालाइ नै तालिम प्रदान गरिएकोमा आफुहरुले युवाका सवालमा धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको बताए ।

त्यस्तै अर्का सहभागी लता गुरुङले आफ्नो पहिलो कार्यक्रम भए पनि जीवनमा आइ पर्ने युवाका बिषयका बारेमा जानकारी प्राप्त भएको बताइन । गोष्ठी क्लबका प्रथम अध्यक्ष नरेश कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्