काठमाडौँ, २७ जेठ । राष्ट्रिय युवा परिषद अन्तर्गत १३ जिल्लाका युवा समितिका अध्यक्षहरुले पद तथा गोपनियताको सपथ लिएका छन ।
गत जेठ १६ गते राष्ट्रिय युवा परिषदका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।
नियुक्त भएका युवा समितिका अध्यक्षलाई शुक्रबार युवा तथा खेलकुद मन्त्री अथकले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
सिंहदरबार स्थित मन्त्रालयमै आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरुलाई सपथ खुवाउँदै मन्त्री अथकले युवाहरुको पक्षमा काम गर्न निर्देशन दिएका छन् । ४० प्रतिशत भन्दा बढि युवाहरुको प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएकाले कुनै पनि आग्रह वा पुर्वाग्रह नराखेर युवाको पक्षमा काम गर्न मन्त्री अथकले निर्देशन दिएका हुन् ।
नियुक्त हुनेहरुमा हिक्मतबहादुर शाही (दैलेख), सुजन राई (सोलुखुम्वु), पासाङ निमु शेर्पा (संखुवासभा), चेतप्रसाद बोलखे (रौतहट), टिका भुर्तेल (नवलपुर), सुजन लिम्बु (ताप्लेजुङ्), समिक शेरचन (मुस्ताङ), युवराज दाहाल (झापा), आविस्कार क्षेत्री, (स्याङ्जा), भक्तबहादुर थापा (बर्दिया), नवराज कार्की (मुगु), सञ्जयकुमार दास (सप्तरी) र चक्रबहादुर रावल (जुम्ला) रहेका छन् ।