Logo

युवा पुस्तालाई देशको कला, संस्कृतिको महत्त्व बुझाउन लाग्नुपर्छ: शर्मा



दाङ, १ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको कला, संस्कृतिको महत्त्व बुझाउन र नेपाली चलचित्र क्षेत्रबारे बालबालिकालाई सचेतना प्रदान गर्नु अहिलेको आवश्यकता भएको बताएकी छन् ।

दाङको घोराहीस्थित बहुउद्देश्यीय सभागृहमा चलचित्र विकास बोर्डले आयोजना गरेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव, २०८० को शुक्रबार उद्घाटन गर्दै उनले नेपालको कला, संस्कृति, परम्परा, रीतिरिवाज, सभ्यता चिनाउन नेपाली चलचित्र क्षेत्रलाई सूचना प्रविधिको प्रयोगबाट सहीरूपमा बुझाउन चलचित्र विकास बोर्ड थालेको यो प्रयास निकै सराहनीय रहेको बताएकी हुन् ।

पछिल्लो समय पश्चिमी संस्कृतिको प्रभावले नेपाली मौलिकतामा प्रहार भइरहेकाले यस प्रकारको कार्यक्रमले देश चिनाउन र नेपाली समाज बुझाउन भूमिका खेल्ने उनले अपेक्षा गरेकी थिइन् ।

“देशमा रहेका विविध कला संस्कृतिको महत्त्व उजागर गर्न र आफ्नोपनलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउन चलचित्रले भूमिका खेल्छ”, उनले भन्नि, “चलचित्र केवल मनोरञ्जन मात्र होइन । यसले समाज राष्ट्र चिनाउन र कला संस्कृति चिनाउन भूमिका खेल्छ । जुन कुरालाई बालबालिकामा बुझाउन देशभर यस प्रकारका कार्यक्रम हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्