गोरखा, २८ कात्तिक । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा चुनावप्रचारमा हिडेका एमाले नेता कार्यकतामाथि एमाले कै युवा संघ नेपालका नेता कार्यकर्ताले कुटपिट गरेका छन् । पालुङटार नगरपालिका–७, च्याङ्ली स्थित म्याङगो रिसोर्टमा गएराती युवा संघ नेपाल भानु गाउँपालिकाका अध्यक्ष चिजबहादुर लामा समुहमा रहेका युवाले चुनाव प्रचारमा हिडेको आफ्नौ पार्टीका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरी काफ्लेका टाउकोमा बियरको बोतलले हानेर गम्भीर घाइते बनाएका हुन् ।
प्रहरीका अनुसार भानुका युवा संघका अध्यक्ष चिजबहादुर लामासहित राम सापकोटा, अन्जन पन्तलगायतका युवाले दिउँसोदेखि नै रक्सी खाएर बसेका थिए । त्यहीँ खानाखान गएका काफ्लेसहितको टोली रिर्सोटमा पुग्यो, सोही क्रममा भनाभन हुदाँ लामाको समुहले एक्कासी काफ्लेमाथि बियरको बोतलले हानेका हुन् । चुनावप्रचार–प्रसारबाट फर्केका अब्दुस मियाँ, हरी काफ्ले बसन्त श्रेष्ठ सहित ४ जनाको टोली खानाखान रिर्सोटमा पुगेको थिए ।
घटनामा संलग्न राम सापकोटा र अन्जन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्लाप्रहरी कार्यालय जनाएको छ । उनीहरुलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । घाइते काफ्लेको तनहुँको डुम्रेमा रहेको स्वास्थ्य संस्थामा उपचार गराइएको थियो । काफ्लेको टाउकोमा७ टाँका लगाइएको छ । पीडित काफ्लेका अनुसार आफुले खानाखाई रहेको बेला एक्कासी आक्रमण भएको भन्दै उनीहरुलाई आफुले नचिनेको बताए ।
‘पाउरोटी भण्डारमा कार्यक्रम सकेर होटलमा खानाखाने क्रममा एक्कासी आक्रमण गरे’ उनले भने, ‘उनीहरु को हुन म चिन्दिन ।’ काफ्लेको टाउकाको गम्भीर चोट भएकाले थप उपचारका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।







