फ्रान्स, २८ जेठ । यूईएफए नेशन्स लिग फुटबलमा फ्रान्स र अस्ट्रियाले एक-एक गोलको बराबरी खेलेका छन् ।
अस्ट्रियाका लागि एन्ड्रिएस वेइमानले ३७ औँ मिनेटमा गोल गरे । खेलको ८३ औँ मिनेटमा परिवर्तित खेलाडी केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए ।
यो बराबरीसँगै अस्ट्रिया तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको फ्रान्सको तीन खेलमा दुई अङ्क छ ।