Logo

यूएईलाई हराउँदै नेपाल यू–१९ महिला टिम विश्वकपमा छनोट



काठमाडौं, २८ कात्तिक । आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको छ।

यूएईले दिएको ८४ रनको लक्ष्य २ विकेटको क्षतिमा पुरा गर्दै नेपाल विश्वकपमा छनोट हुन सफल भएको हो। नेपालले विश्वकपमा छनोट हुन १६.२ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने थियो ।

नेपालले १५ औँ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालले आगामी जनवरीमा मलेसियामा हुने आईसिसी यू-१९ महिला टी-२० विश्वकपमा खेल्ने छ । नेपालले ६ खेलबाट १० अंक जोड्यो । समान अंक भएको यूएई नेटरनरेटमा पछाडि पर्याे ।

नेपालका लागि साना प्रविनले सर्वाधिक ३५ रन बनाइन् । कप्तान पुजा महत्तोले २१ रन र सोनी पाख्रिनले १३ रनमा बनाइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाएकी थिइन् बलिङमा नेपालीका कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २–२, र रचनाकुमारी चौधरीले एक विकेट लिएका थिए ।

एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो ।

प्रतिक्रिया दिनुहोस्