Logo

यूएईले मोहम्मद वसीमको कप्तानीमा एशिया कप खेल्ने



काठमाडौं, १९ भदौ । एशिया कप टी–२० क्रिकेटका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को टोली घोषणा भएको छ । यूएईले एशिया कपका लागि मोहम्मद वसीमको कप्तानीमा आज १७ सदस्यीय टोली घोषणा गरेको हो ।

आयोजक यूएई एशिया कपका लागि टोली घोषणा गर्ने पछिल्लो देश हो । योसँगै प्रतियोगिताका लागि ८ वटै देशको टोली घोषणा भएको छ । एशिया कप यही सेप्टेम्बर ९ देखि २८ सम्म यूएईमा हुँदैछ ।

प्रतियोगिताको समूह ‘ए’ मा भारत, ओमान, पाकिस्तान र यूएई छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, हङकङ र श्रीलङ्का छन् । यूएईले सेप्टेम्बर १० मा दुबईमा भारतसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

यूएईले यसअघि सन् २०१६ मा बङ्गलादेशमा आयोजना भएको एशिया कप खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्