काठमाडौँ, ६ कार्तिक । काठमाडौँमा भइरहेको त्रिदेशीय क्रिकेट शृङ्खलामा नेपाल र यूएई खेल्दैछन् ।
मूलपानी क्रिकेट मैदानमा टस जितेको नेपालले बलिङ रोजेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो ।
नेपाल एक खेल अगाडि नै प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ । नेपालले अहिलेसम्मका ३ खेलमा तीन वटामै जित निकालेको छ ।
नेपाल ६ अङ्ककासाथ शीर्ष स्थानमा छ । दुई खेलबाट दुई अङ्क जोडेको यूएई दोस्रो र ३ खेलमा कुनै पनि खेल नजितेको हङकङ अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।