Logo

यूएईसँगको सेमिफाइनलमा ३५ सय टिकट मात्रै बेचिने, घरमै बसेर खेल हेर्न आग्रह



काठमाडौँ, १६ कात्तिक । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल र यूएईबीच हुने खेलका लागि ३५ सय वटा मात्रै टिकट बिक्री गरिने नेपाल क्रिकेट (सङ्घ) क्यानले जनाएको छ ।

काठमाडौँको मूलपानी क्रिकेट मैदानमा भोलि हुने खेलका लागि आईएमई पे बाट टिकट लिन सकिने क्यानले जनाएको छ । ३५ सयभन्दा धेरै दर्शक नअट्ने भएकाले घरमै बसेर खेल हेर्न क्यानले आग्रह गरेको छ ।

यस्तै क्रिकेटसँग सम्बन्धित अतिथिलाई समेत पास वितरण नगरिएकाले घरमै बसेर खेल हेर्न भनिएको छ ।

नेपाल र यूएईबीचको खेल भोलि बिहान ११ बजे शुरु हुनेछ । यो खेल जितेमा नेपालले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्