Logo

यूएईसँग नेपाल पराजित



काठमाडौँ, २८ कात्तिक । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई ८४ रनले हराएको छ ।

सोमवार त्रिवि मैदानमा यूएईले दिएको दुई सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खानले चार विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ६३ रन बनायो । यूएईका लागि रोहन मुस्तफाले ५३, मुहम्मद वसीमले ४४, वृत्य अरविन्दले ४० रन बनाएका थिए ।

बलिङतर्फ नेपालका गुलसन झाले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिए । नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्