Logo

यू-१६ इस्ट जोन कप: मलेसियाले नेपाललाई दियो ९१ रनको सामान्य लक्ष्य



काठमाडौं, १९ असार । एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि नेपालले मलेसियाबाट ९१ रनको सामान्य लक्ष्य पाएको छ।

मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको मलेसिया ९० रनमा समेटिएको हो।

मलेसियाका लागि मुहम्मद फतुल मुइनले सर्वाधि ३८ रन बनाउँदा डिज प्याट्रो १० रन थपे । उसका लागि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि अभय यादवले चार विकेट हात पारे । १० ओभर बलिङ गर्दा १५ रन दिएर चार विकेट हात पारेका हुन् । शुभम खनालले तीन विकेट हात पारे । १० ओभर बलिङ गर्दा चार मेडन राख्दै १२ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । नेपालका लागि कप्तान विपिन शर्मा र सचिन भट्टले एकएक विकेट हात पारे ।

यो खेलमा विजयी भए नेपालले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्नेछ।

आजै हुने दोस्रो सेमिफाइनलमा हङकङ र सिगांपुर भिड्दै छन्।

 

प्रतिक्रिया दिनुहोस्